INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहमा सुशासन र नेतृत्व विकास विषयक दुई दिने तालिम सम्पन्न

डिसीएको आर्थिक सहयोगमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं. प्रदेश कार्यालय धनगढीको आयोजनामा जनप्रतिनिधिहरूका लागि स्थानीय तहमा सुशासन र नेतृत्व विकास विषयक दुई दिने तालिम भदौ २ गते धनगढीमा सम्पन्न गरिएको छ ।

इन्सेक ७ नं प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले स्थानीय तहमा सुशासन कायम र प्रभावकारी नेतृत्वको विकास गर्न आवश्यक रहेको बताउँदै उनले दुई दिने तालिम अवधिमा नेतृत्वको अवधारणा, प्रभावकारी प्रतिनिधित्व, सुशासनको अवाश्यकता, सुशासनका आयामहरू, सुशासन कायम गर्न आवश्यक विधि, लैङ्गिक समानता, स्थानीय तहमा श्रोत व्यवस्थापन तथा परिचालन र सामाजिक समावेशीकारण विषयवस्तुमा तालिम दिइएको बताए ।

तालिममा समेटिएका सबै विषयवस्तु जनप्रतिनिधिहरूका लागि अति महत्वपुर्ण विषय रहेको बताउँदै कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले तालिममा सिकिएका सैद्धान्तिक कुरालाई अबको दिन कार्यसम्पादन गर्दा व्याहारिक रूपमा लागु गर्ने बताए ।

तालिममा सहभागी गौरीगङ्गा नगरपालिककाका प्रमुख भिमबहादुर देउवाले जनसहभागिता बिना विकास असम्भव रहेको बताए । उनले यस तालिममार्फत जनसहभागिता र स्थानीय तहमा श्रोत व्यवस्थापन तथा परिचालनसम्बन्धी राम्रो जानकारी पाएको बताए ।

भदौ १ गतेदेखि सुरू भएको तालिममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका, कैलाली जिल्लाको  गोदावरी नगरपालिका र कैलालरी गाउँपालिकाका प्रमुख तथा अध्यक्ष, उपप्रमुख र वडा अध्यक्षसमेत २५ जनाको सहभागिता रहेको थियो ।

रविना चौधरी

 

अन्य

भिडियो