अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तहमा मानव अधिकार र शुसाशनका अभ्यास विषयमा नागरिक सम्वाद कार्यक्रम जेठ २२ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूर पश्चिम प्रदेश संयोजक खडकराज जोशीले स्थानीय तहमा भइरहेका गतिविधिमा नागरिकको भूमिका र स्थानीय तहको भूमिकामा मानव अधिकार र शुसाशन कायम तथा प्रत्यभूति गर्न मुल्याङ्कन, सहभागिता, परदर्शिता र जबाफदेहिता हुनुपर्ने बताए ।
सुदूर सन्देश दैनिकका प्रधान सम्पादक हेमन्त पौडेलले अझै पनि स्थानीय तहले समाजमा ब्याप्त कुरीति हटाउने नीति ल्याउन नसकेको बताए ।
अझै पनि छाउपडी, जातीय छुवाछुत, लैङ्गिक विभेद, सुकुम्बासी, भुमिहीन, गरिबी, बेरोजगारी जस्ता समस्या रहेको बताए ।
सञ्चार प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक मनमोहन स्वारले असारे बजेट सिद्याउने होडबाजीले जनताको मन छुने र जनताले चाहेको काम स्थानीय तहले गर्न नसकेको बताए ।
गौरीगङ्गा नगरपालिकाका प्रशासकीय अधिकृत भक्तराज जोशीले आफूहरूले प्रत्येक गाउँ टोलमा गई योजना छनौट र जनसङ्ख्या तथ्याङ्क सङ्कलन गरी अनलाइन डाटा सञ्चालनमा ल्याएको बताए ।
उनले अपाङ्गता, ज्येष्ठ नागरिक, महिला, युवा बालबलिका गर्भवति, जन्मेका शिशु र मृत्यु हुनेको तथ्याङ्क अनलाइन डाटा सञ्चालनमा ल्याएको बताए ।
गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले मानव अधिकार र शुसाशनलाई पारदर्शिता, जबाफदेहीता र सहभागितामुलक बनाउन जनप्रतिनिधि र नागरिकबिच सामूहिक अनुगमन, मुल्याङ्कन र सहकार्यको खाँचो रहेको बताए ।




मैनामोती चौधरी