मानव अधिकार निगरानी समूह डडेल्धुराको आयोजनामा फागुन ३० गते सेवा प्रदायक र सेवाग्राहीबिच सेवा प्रवाहको अवस्थाका विषयमा अन्तर्क्रिया कार्यक्रममा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरूले अझै पनि दुरदराजका नागरिकसम्म शिक्षा, स्वास्थ्य, कृषिको पहुँच पुग्न नसकेको गुनासो गरेका छन् । कार्यक्रममा कृषि क्षेत्रमा अझै पनि आधुनिकीकरण नभएको, शिक्षा सिपमूलक बनाउन नेपाल सरकारले ध्यान नदिएको, स्वाथ्यका नीति नियमहरू कार्यान्वयन नभएको बताएका छन् ।
डडेल्धुरा जिल्लाका कार्यक्रम सञ्चालित भएका समैजी र कोटेली गाविस र जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका पदाधिकारीहरू तथा सेवाग्राहीले आफ्नो क्षेत्रमा स्थानीय सेवा प्रदायकको सेवा प्रवाहमा देखिएका समस्याहरूका बारेमा कार्यक्रममा चर्चा गरेका थिए ।
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँग सम्बन्धित जिल्ला कार्यालयका प्रतिनिधिहरूसमक्ष सेवाग्राहीलाई संवेदनशील भएर सेवा प्रवाह गर्न सहभागीहरूले माग गरे ।
भुपेन्द्र विष्ट