INSEC Online

📅 २०८३ जेष्ठ २१

सिरहामा जिल्ला स्तरीय बाल भेला समपन्न, १९ सदस्यीय जिल्ला बाल सञ्जाल गठन

सिरहामा जिल्ला स्तरीय बाल भेला ०८३ जेठ २० गते सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिरहा, इन्सेक, मुक्ति नेपाल, सहयोगी हातहरु, दलित जनकल्याण युवा क्लब लहान/सवास परियोजना, दलित विकास मञ्च, सवल नेपाल, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, बाल अधिकारका लागि नागरिक समाज संस्थाहरुको मधेश प्रदेश स्तरीय सञ्जाल, सवरी संकल्प लगायत संघ संस्थाको आयोजनामा जिल्ला स्तरीय बालभेलाबाट अमित सदायको अध्यक्षतामा १९ सदस्यीय बाल क्लब सञ्जाल गठन गरिएको छ । त्यसैगरी  रितिका कुमारी दास उपाध्यक्ष, पूजा कुमारी साह सचिव, सफल श्रेष्ठ सह–सचिव र सदस्यहरुमा रोशनी गोले, विष्णु साह, आर. एन. महतो, पूजा कुमारी महतो, शुभाष कुमार यादव, आरती कुमारी दास, अभिनाष मल्लीक , आरती यादव, सरस्वती कुमारी यादव, कृष्णा परियार, राधा कुमारी साह, प्रयास सदाय, प्रेम कुमार पासमान, गनित चौधरी र रिकेश महतो रहेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोले मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयको निर्देशन बमोजिम संघ संस्थाको आयोजनामा कार्यक्रम सफल हुन सकेको भन्नुभयो । स्थानीय तहरुले समेत नगरस्तरीय बालकल्बहरु गठन गरी बालबालिकाको हक हितको लागि बजेटहरु बिनियोजन गर्नुपर्ने भन्दै बालबालिकाको सर्वोत्तम हितको लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । बालअधिकार प्रवर्धन र संरक्षणको लागि जिल्ला समन्वय समिति काम गर्न सदैव तत्पर रहेको बताउनु भयो ।

त्यसैगरी जिल्ला समन्वय समितिका उपसभापति दिलिप लामाले प्रत्येक स्थानीय तहहरुले वडा, विद्यालयदेखि नगर र गाउँपालिका स्तरीय बाल क्लब गठन गर्नु पर्ने बताउनुभयो । बाल क्लब गठन गरी बालबालिकाको संरक्षण, सहभागिता र प्रवर्धनको लागि बजेट बिनियोजन गरेर क्षमता विकास तथा नेतृत्व विकास गर्न आग्रह गर्नुभयो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर सुमन नेपालीले बालबालिकाले आफनो र समुदायमा रहेका आफु जस्तै बालबालिकालाई कुलतमा नलाग्न र उज्वल भविष्य निर्माणका लागि शिक्षमा जोड दिनु पर्ने बताउनुभयो । बालबालिका माथि कुनै समस्या परे तुरुन्त प्रहरीमा खबर गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा इन्सेक प्रतिनिधि दुर्गा परियार, मुक्ति नेपालकी अध्यक्ष देव कुमारी महरा, दलित जनकल्याण युवा क्लबका कार्यकारी निर्देशक विनोद विसुन्के, दलित विकास मञ्चकी जिल्ला संयोजक सरिता महरा, र सवल नेपालका प्रतिनिधि निर बहादुर मगर आले लगायतको उपस्थिति रहेको थियो ।  

दुर्गा परियार

अन्य

भिडियो