INSEC Online

📅 २०८३ श्रावण ३

रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मानव अधिकार संरक्षण र सम्वर्धनका लागि रोम विधान अनुमोदन गर्न माग गर्दै मानव अधिकारकर्मीहरुले ०८३ साउन १ गते जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुखमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाइएको छ ।

इन्सेक पर्साका प्रतिनिधि तुलसी भण्डारीको अगुवाईमा अधिकारकर्मीहरु सहितको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १७ जुलाईको अवसर पारी ज्ञापन पत्र बुझाएको हो ।

संसार भरका १ सय २३ पक्ष राष्ट्रहरुले अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापनाको रोम विधान १७ जुलाईको स्मरणमा अन्तर्राष्ट्रिय न्याय दिवस मनाउने गरेका छन् । नेपाल पनि मानव अधिकारको संरक्षण र संवर्धनका लागि विभिन्न सन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको पक्ष राष्ट्र हुनुको नाताले अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापनामा पनि पक्ष राष्ट्र हुनुपर्ने माग राखी अधिकारकर्मीलगायत नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, प्रेस चौतारी नेपाल पर्साका कोषाध्यक्ष सन्तोष पटेलको सहभागीतामा सरकारलाई ज्ञापन पत्र बुझाइएको बताएका हुन् ।

तुलसी भण्डारी

अन्य

भिडियो