INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक विकृतिविरुद्ध सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित विद्याज्योती सहनशील  बाल अधिकार समूहको आयोजनामा तथा पञ्चपुरी मानव अधिकार समूह र विद्याज्योती माध्यामिक विद्यालय पञ्चपुरी नगरपालिका –५ बाबियाचौरको  समन्वयमा वैशाख २९ गते  सामाजिक विकृतिविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

समाजमा विभिन्न किसिमका बाल विवाह घरेलु हिंसा , लागुऔषध र किशोर किशोरीहरुले सानै उमेरमा दुर्व्यसनीमा फसिरहेको भन्दै त्यसको न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको हो ।

दुर्व्यसनीका कारण विभिन्न किसिमका समस्याहरू झेल्नु पर्ने र अकालमै ज्यान गुमाउनु पर्ने भएको सचेतनाका लागि पञ्चपुरी नगरपालिका –५ मा सडक नाटक प्रदर्शन गरिएको छ ।

विद्याज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद सापकोटाले सामाजिक सचेतनाका लागि सडक नाटक अति आवश्यक रहेको बताउनुभयो । समाजमा विकृति हताउन सामुदाय स्तरमा जनचेतना फैलाउन सबै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

नाटक प्रदर्शनमा सहभागी हिउकला विकले  समाजमा घटेका सत्य कुराहरु समेटिएको नाटकबाट सचेतना फैलिएको बताउनुभयो । यस्ता घटनाको रोकथाम गर्नका लागि विद्यालय तहदेखि लिएर अभिभावक पनि सचेत रहनु पर्ने बताउनुभयो ।

सडक नाटकमा करिब दुई सय जना भन्दाबढी बालबालिका, स्थानीयबासी, अभिभावक, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु र शिक्षकहरुकाे सहभागिता रहेको थियोे ।

नाटकमा यमुना ओड, रेखा ओड, झरना तिरुवा, ललित विक,ऐश्वरा विक, नवराज महतरा, नम्रता सार्की, कोपिला विक, विष्ना विक र धना विक लगायतका कलाकारहरुले अभिनय गरेका थिए । सडक नाटकको सहजीकरण इन्सेकका जिल्ला सहजकर्ता ललिता विकले गर्नुभएको थियो ।

Photo20240512Surkhet (3)

Photo20240512Surkhet (1)

Photo20240512Surkhet (2)

अन्य

भिडियो