INSEC Online

📅 २०८३ असार १०

सहायता कक्ष सवलीकरण बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण, व्यवस्थापन, परिचालन समितिको बैठक ०८३ असार ९ गते धनगढीमा सम्पन्न भएको छ ।

मानव अधिकार सहायता कक्षमा विभिन्न हिंसाबाट पीडित महिला, बालिका, अपाङ्गता भएका पीडितहरुलाई न्यायमा सहज पहुँचका लागि पीडित पक्षले दिएको निवेदनका आधारमा दिइएको सहयोग रकम उनुमोदन गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको हो ।

 इन्सेक प्रदेश संयोजक खडकराज जोशीले विभिन्न हिंसा पीडितको न्यायका लागि सहयोग गरेको मुद्दाको निरन्तर अनुगमन गर्नु पर्ने र पीडितको न्यायका लागि सरोकारवाला निकाय प्रहरी, सरकाररी वकिल र अदालतसँग सामुहिक छलफल गरी नैतिक दबाब दिन आवश्यक रहेको बताउनु भयो ।

पीडितलाई सहयोग गर्ने अन्य संघसंस्थामा रहेको सहयोग रकमलाई पनि मानव अधिकार सहायता कक्षमार्फत सहयोग गर्दा एकरुप्ता हुने र मानव अधिकार सहायता कक्षमा सहयोगको लागि सिफारिस गर्ने सबै संघसंस्थाहरुले पनि मुद्दाको अनुगमन तथा फलोअप गरी मानव अधिकार सहायता कक्षमा जानकारी गराउनु पर्ने उहाँले बताउनु भयो ।

गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष तथा मानव अधिकार सहायता कक्ष सवलीकरण, व्यवस्थापन, परिचालन समितिका संयोजक देवीप्रसाद खनालले सन् २०२६ जनवारीदेखि २०२६ जुन् सम्म १२ जना घरेलु र यौन हिंसा घटनाका पीडितलाई कानुनी सहायताका लागि सहयोग गरिएको र जसमध्ये तीन जना यौन हिंसामा परेका बालिका रहेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत विदेशराम चौधरीले एकै घरका दुई दिदी बहिनीले एकै जना व्यक्तिबाट पीडित भएका र घरको आर्थिक अवस्था पनि दयनिय रहेकाले पीडित परिवारको जिविकोपार्जनमा तथा आवश्यकताका आधारमा सहयोग गरिदिन मानव अधिकार सहायता कक्षलाई अनुरोध गर्नु भयो ।

पीडित बालिकाहरुको संरक्षणका लागि बिभिन्न निकायहरुसँग छलफल गरिरहेकोे र मानव अधिकार सहायता कक्षले पनि पहल गरिदिन उहाँले आग्रह गर्नु भयो ।

दलित महिला अधिकार मञ्चकी सृजना पराजुलीले पीडितलाई सहयोग गर्दा डिसीए परियोजनाको कार्यक्षेत्र भन्दा बाहिरको वर्ग, क्षेत्र, भौगोलिक अवस्था हेरेर सहयोग गर्नु पर्ने र दलित महिला अधिकार मञ्ंचले संचालन गरेको डिसीए परियोजनाको निर्देशिकाको बारेमा सहयोगी संस्थासँग छलफल गरी सहयोगको दायरा बढाउनका लागि छलफल गर्ने बताउनु भयो ।

राष्ट्रिय अपाङ्गग महासंघका प्रतिनिधि नरदिप धामीले कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका—१ मा सानै उमेरदेखि बाँधिएर राखेको बौंद्धिक अपाङ्गता भएको व्यक्तिको अनुगमन गरी सहयोग तथा उद्धार गर्नु पर्ने बताउनु भयो ।

मैनामोती चौधरी

अन्य

भिडियो