INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग कैलालीमा भदौ २८ गते समन्वय बैठक सम्पन्न भएको छ ।

Photo20170914Kailali

बैठकमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा देखा परेका समस्या र त्यसको समाधानको बारेमा छलफल भएको थियो ।

इन्सेकले जिल्लास्तरमा सञ्चालन गर्दै आएको कार्यक्रमको विवरण, गत वर्षको प्रगति विवरण र उपलब्धिका बारेमा इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खड्कराज जोशीले सहभागीहरूलाई जानकारी गराएका थिए ।

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी इन्सेकले गर्दै आएको काम प्रभावकारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य अधिकृत रकोन्द्रबहादुर शाहीले बताए ।

रविना चौधरी

अन्य

भिडियो