INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि नपाएको गुनासो

सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गर्दै आएको औषधि नपाएको एक कार्यक्रमका सहभागिले गुनासो गरेका छन् ।

Photo20180605Dadeldhura (1)

जेठ २१ गते डडेल्धुरा सदरमुकाममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डडेल्धुराले आयोजना गरेको ‘डडेल्धुरामा मानव अधिकारको अवस्था तथा सेवाप्रदायक र सेवाग्राहीबिच सेवा प्रवाहको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले उक्त गुनासो गरेका हुन् ।

स्वास्थ्य संस्थाबाट सरकारले ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको भए पनि जिल्लाका स्वास्थ्य संस्थाबाट त्यो औषधि नपाइएको सेवाग्राहीहरूको गुनासो रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि शङ्कर भट्टले क्षेत्र र विभागबाट आएको औषधि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइसकेको जानकारी दिएका छन् ।

Photo20180605Dadeldhura (2)

जिल्लाका ३२ वटा स्वास्थ्य संस्थाहरूलाई आफूहरूले औषधि पठाएको उनले बताएका छन् । जेसिस डडेल्धुराको सहकार्यमा आयोजित कार्यक्रममा धारण राख्ने व्यक्तिहरूले मानव अधिकारको अवस्था तथा सेवाप्रदायक र सेवाग्राहीबिच सेवा प्रवाहको अवस्था बारेमा स्थानीय स्तरमा कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा जेसिस डडेल्धुराका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तर विष्टले मानव अधिकारः शिक्षा, स्वास्थ्य र खाद्य विषयक आधार पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सरकारी कर्मचारीहरूलाई तोकिएको काम कर्तव्यहरू इमान्दारितापूर्वक गर्न आग्रह गरेका छन् ।

Photo20180605Dadeldhura (3)

काम गर्दा तोकिएको नीति तथा कार्यक्रमअनुसार समयमै सम्पन्न गरी जनताप्रति जबाफदेही र उत्तरदायी हुन समेत कर्मचारीलाई उनले आग्रह गरेका छन् । साथै उनले कार्यक्रममा सहभागी नभएका कार्यालय प्रमुखहरूलाई पनि सचेत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जनताका सरोकारका विषयमा स्थानीय प्रशासनले नियमित रूपमा बजार अनुगमन, कालो बजारी नियन्त्रण, अपराधिक क्रियाकलाप नियन्त्रण अभियानलाई तीव्रताका साथ अगाडि बढाउने उनको भनाई थियो ।

भुपेन्द्र विष्ट

अन्य

भिडियो