INSEC Online

📅 २०८३ जेष्ठ २१

समुदाय सचेत नभएसम्म समाज परिवर्तन हुन नसक्ने

समुदाय सचेत नहुञ्जेलसम्म समाज परिवर्तन हुन नसक्नेमा एक कार्यक्रममा वक्ताले जोड दिएका छन् ।

इन्सेक प्रदेश ५ कार्यालय, नेपालगन्ज र मानव अधिकार निगरानी समूह तिलौराकोटको अयोजनामा  फागुन ८ गते आयोजित शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक निकाय र सेवाग्राहीबीच सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रदेश सभा सदस्य आई पी खरेलले उक्त कुरामा जोड दिएका हुन् ।
Photo 2019 2-21kapilvastu1
‘जबसम्म समुदायमा सचेतना आउँदैन तबसम्म समाज परिवर्तन हुन सक्दैन ।’–खरेलले भने । उनले स्थानीय तहमा बस्ने कर्मचारीहरूले नयाँ संरचना अनुसार काम गर्नुपर्ने बताए ।

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले नगरपालिकामा बजेट अभाव नभएको बताउँदै सङ्घीय सङ्रचनामा अभ्यस्त नहुँदा काम गर्न असहज भएको बताए । समुदाय शिक्षित नभएसम्म परिवर्तन गर्न नसकिने समेत अचार्यले ठम्याए  ।

नगर शिक्षा एकाइका उपसचिव टिकाराम शर्माले भौतिक विकास भन्दा पनि तीन ओटै तहको २५ प्रतिशत बजेट शिक्षामा लगानी गरे शिक्षासँग सम्बन्धित समस्या समाधान गर्न सकिने बताए ।

यसैगरी इन्सेक प्रदेश ५ का संयोजक भोला महतले अधिकारसँगै नागरिक दायित्वलाई पनि मौलिक हकमा राखिएको बताउँदै सबैले नागरिक दायित्व निर्वाह गर्नुपर्ने बताए ।

उनले नेपाल मानव अधिकार वर्ष पुस्तकमा हत्या हिंसाका घटनामात्र नभई शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयवस्तुहरूलाई समेत समेटदै आएको बताए ।

कार्यक्रममा सेवाग्राहीले शिक्षा गुणस्तरमा सुधार गर्नुपर्ने, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीको व्यावस्था मिलाउनु पर्ने, विद्यालयमा सेनेटरी प्याड निशुल्क उपलब्ध गराउनु पर्ने, स्वास्थ्य संस्थामा प्रयाप्त औषधि वितरण गरिनुपर्ने, निशुल्क भनिएका मल, बिउ, औषधि पारदर्शी ढङ्गबाट वितरण हुनुपर्ने लगायतका माग गरेका थिए ।

नन्दराम पौडेल

अन्य

भिडियो