INSEC Online

📅 २०८३ जेष्ठ २१

समाजमा कानुनी सचेतना आवश्यकः सरोकारवाला

दैनिक जसो घटने हिंसाका घटना न्यूनीकरणका लागि समाजमा कानुनी सचेतना जरूरी रहेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीले बताएका छन् ।

मङ्सिर १ गते इन्सेकले आयोजना गरेको कार्यक्रममा घटना भए त्यसको कारवाही के भयो भन्ने जानकारी नहुँदा पनि घटना हुने गरेको सहभागीले बताए ।

इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ मा राख्ने घटनाहरूको विवरण प्रस्तुत गरिएको थियो । इन्सेक जिल्ला प्रतिनिधि कोकिला ढकालले प्रस्तुत गरेको विवरणमा ११ महिनाका जिल्लामा १५ बालिका र आठ महिला गरी २३ जनामाथि बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएको उल्लेख छ ।

यो अवधिमा चार ओटा बहुविवाहका, १८ ओटा घरेलु हिंसाका, कुटपिटका पाँच ओटा, हत्याका पाँच ओटा र मानव बेचबि खनका चारओटा घटना भएको इन्सेकको तथ्याङ्कमा उल्लेख छ । सन् २०१८ भ र यातायात व्यवसायी, नेत्रविक्रमचन्द्र विप्लव नेतृत्वको नेकपा तथा अन्य विभिन्न समूहबाट दश दिन यातायात तथा विद्यालय बन्द भएको प्रतिवेदनमा उल्लेख छ ।

हिंसा पीडितको सङ्ख्या यतिधेरै भएपनि उनीहरूलाई आपतकालिन अवस्थामा राख्ने सेफ हाउस नहुँदा भने समस्या भएको जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शङ्करले बताए ।

कार्यक्रममा अपाङ्गता भएक कतिपय व्यक्तिले अपाङ्गताको परिचय पत्र नपाएको कतिपय बालबालिकाको जन्म दर्ता नभएको सवाल उठेका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अब बावुआमा नभएका कोही पनि नेपाली बालबालिकाले जन्म दर्ताको अधिकारबाट वञ्चित हुनुपर्ने अवस्था नभएको र त्यस्तो भए आफूले तत्काल जन्मदर्ता प्रमाण पत्र बनाउने प्रयास गर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी माधवप्रसाद श्रेष्ठले घटना लुकाउनु हुन्न भन्ने सचेतनाका कारण पुराना घटना पनि बाहिर आउन थालेको बताए ।

जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले केही समयपछि जिल्लामा सेफ हाउस स्थापना गर्ने पहल गरिने र सेफ हाउस सञ्चालनको आवश्यक नीति बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रमकै अवसरमा इन्सेकले पीडितलाई गर्ने सहयोग २ हजार रुपियाँ सूर्योदय नगरपालिकाकी हिंसा पीडित १३ वर्षीया एक बालिकालाई प्रदान गरिएको थियो ।

कोकिला ढकाल

अन्य

भिडियो