अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगर कार्यालयको आयोजनामा वुद्धशाान्ति गाउँपालिकामा शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण कार्यक्रम पुस १३ गते सम्पन्न भएको छ ।
“ स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तर्गत शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकार सम्बन्धी समस्या पहिचना तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न भएको हो ।
इन्सेकद्वारा गाउँपालिकामा गठित मानव अधिकार समूहको संयोजनमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलले समृद्ध बुद्धशान्ति गाउँपालिका निमार्ण गर्न सबैको साथ सहयोग आवश्यक रहेको बताउनु भयो ।
उहाँले इन्सेकले पहिचान गरेका समस्याहरू गाउँपालिकाले समाधान गर्ने बताउनु भयो ।
जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरूको सहभागितामा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था, समस्याको लेखाजोखा गरी समस्या पहिचान कार्यक्रम आयोजना गरिएको इन्सेक सहजकर्ता राजन राईले बताउनु भयो ।
