INSEC Online

📅 २०८३ जेष्ठ २१

समस्या पहिचान तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सञ्चालन गरिरहेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी ‘समस्या पहिचान, सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण कार्यक्रम’ मङ्सिर १९ गते सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागीहरूले नगरपालिका भित्र भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार प्राप्तिका लागि समस्या पहिचान गर्दै त्यसको समाधानका लागि कार्ययोजना समेत निर्माण गरेको सहजकर्ता राजन राईले बताउनु भयो ।

अर्जुनधारा ननगरपालिकाका मेयर हरिकुमार रानाले नगरपालिकामा हस्पिटल उद्घाटन भएको र छिटै विशेषज्ञ सेवा सहितको उपचार शुरू गरिने बताउनु भयो । उहाँले जनता आवास कार्यक्रम अन्तरगत सामूहिक घर निर्माण कार्य भईरहेको बताउनु भयो ।

इन्सेकद्धारा गठित मानव अधिकार समूहका अध्यक्ष चन्द्रप्रसाद काफ्लेले शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका विषयमा नगरपालिकासहित सरोकारवालाहरूबीच सम्वाद गर्दै आएको बताउनु भयो । उहाँले आधारभूत मानव अधिकार र पिछाडी पारिएका समुदायको अधिकार रक्षाका लागि इन्सेकले काम गरीरहेको बताउनु भयो ।

नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था, समस्याको लेखाजोखा गरी समस्या पहिचान कार्यक्रम सम्पन्न भएको सहजकर्ता राजन राईले जानकारी बताउनु भयो ।

Photo 20200412 Arjundhara (1)

Photo 20200412 Arjundhara (2)

Photo 20200412 Arjundhara (3)

अन्य

भिडियो