INSEC Online

📅 २०८३ जेष्ठ २१

समस्या पहिचान तथा कार्ययोजना बैठक सपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजना तथा इन्सेकद्वारा बराहताल गाउँपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा भदौ २६ गते बराहताल गाँउपालिकामा  स्थानीय तहको समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ ।

बैठकले बराहताल गापामा पालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गरेको थियो । पहिचान गरिएका समस्याहरुमा शिक्षा क्षेत्रमा विद्यालयमा शिक्षकहरुको अनियमितता र लापरबाही, प्रयोगशाला भएतापनि त्यसको उपयुक्त सदुपयोग नभएको ( कम्प्युटर छन् तर अहिले सम्म प्रयोगमा आएका छैनन ) , विद्यालयमा दिइने सेनेटरी प्याडको नियमित नदिएको ,निशुल्क शिक्षा भनिएता पनि नभएको र अपाङ्गमैत्री शौचालय नभएको रहेका छन ।

स्वास्थ्य तर्फ बराहताल गाउँपालिकाको वडा नंम्बर १,३ र ८ मा आधारभूत स्वास्थ्य केन्द्र एक ठाउँमा तर सेवा अर्को ठाउँमा दिएको, सरकारले तोकेको ९८ प्रकारका निशुल्क औषधि उपलब्ध नभएको, दक्ष जनशक्ति नभएको र वडा नं ३ को आधारभूत स्वास्थ्य केन्द्र गाइनेगाडा भएको र सेवा दिनु पर्ने नर्सिगडामा भएकाले भौगोलिक विघटताले स्वास्थ्य सेवा प्रदान गर्न समस्या तथा वातावरण संरक्षण सम्बन्धी धेरै पटक ध्यानाकर्षण गरिएको थियो तर त्यसको सुनुवाइ नभएको,अझै पनि बडिचौर बजार क्षेत्र व्यवस्थित हुन नसकेको जस्ता समस्या पहिचान गरिएको जिल्ला सहजकर्ता ललिता विकले बताउनुभयो ।

त्यस्तै बैठकले विभेदको सवालमा छाउपडी प्रथा जनप्रतिनिधिकै घरमा पनि छाउपडी रहेको, जातिय विभेद, बालविवाह,घरेलु हिंसा जस्ता विभेद जस्ता समस्या पहिचान गरिएको पनि सहजकर्ता विकले जानकारी दिनु भयो । बैठकमा इन्सेक कर्णाली प्रदेश फोकल पर्सन दुर्गा थापा, मानव अधिकार समूहका सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, बराहताल गापाका विभिन्न शाखाका प्रमुख एवम बाल अधिकार समुहका सदस्यहरुको सहभागिता रहेको थियो ।

Photo 20230913Surkhet (2)

Photo 20230913Surkhet (1)

अन्य

भिडियो