INSEC Online

📅 २०८३ जेष्ठ २१

समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा दुल्लु नगरपालिकामा गठित  मानव अधिकार समूहको स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक ०८० भदौ २३ गते सम्पन्न भएकाे छ ।

बैठकले दुल्लु नपामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गर्नुको साथै पहिचान गरिएका समस्याहरुलाई समााधान गर्न दुल्लु नपा लगायत अन्य सरोकारवालाहरुको ध्यानानकर्षण गराउने निर्णय गरेको छ  ।

मानव अधिकार समुहका संयोजक दुर्गे सार्कीको अध्यक्षतामा सम्पन्न बैठकमा दुल्लू नगरपालिकाका  कार्यपालिका सदस्य रमेश परियार, विजय मावि दुल्लूका निमित्त प्रधानाध्यापक रेशम नेपाली, दुुल्लू नगर स्तरीय वन महासंघका अध्यक्ष रुदप्रसाद रिमाल, दुल्लू नगरपालिका स्वास्थ्य शाखा इञ्चार्ज विष्णुबहादुर शाही र मानव अधिकार समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Photo20230911Dailekh (1)

Photo20230911Dailekh (2)

अन्य

भिडियो