सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्वपीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया ०८१ चैत ११ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता बसन्त गौतमले सत्यको अधिकार दिवसको बारेमा प्रकाश पार्दै मानव अधिकार उल्लङ्घनका पीडितको सत्य थाहा पाउने र न्याय पाउने अधिकार रहेकोले राज्यले त्यसको प्रत्याभूति गराउनु पर्नेमा जोड दिनुभयो । सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितका अधिकार बारे प्रकाश पार्दै, अवरुद्ध रहेको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्नेमा उहाँले बताउनु भयो ।
सत्य थाहा पाउने पीडितको अधिकार रहेको भन्दै द्वन्द्वपीडितको न्यायमा राज्य जिम्मेवार बन्नु पर्ने र पीडितको न्यायमा ऐक्यबद्धता जनाउँदै पीडितले घटनाको बारेमा सत्य तथ्य थाहा पाउनु पर्नेमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले बताउनु भयो ।
सत्य थाहाँ पाउने पीडितको अधिकार रहेको भन्दै द्वन्द्वपीडितले न्याय प्रशासनले सहयोगी भूमिका खेल्ने बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्रतिबद्धता व्यक्त गर्नुभयो । मानव अधिकार उल्लङ्घनका पीडितको सत्यको अधिकार रहेको भन्दै पीडितको न्यायका पक्षमा आयोगले कार्य गरिरहेको राष्ट्रिय मानव अधिकार आयोगका नेपालगञ्ज कार्यालयका प्रमुख द्वारिका अधिकारीले बताउनु भयो ।
सत्यको अधिकार दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्वन्द्वपीडित र अधिकारकर्मीले माग गर्दै एडभोकेसी फोरम नेपालले द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, अधिकारकर्मी तथा द्वन्द्वपीडित, सरोकारवालाहरूको सहभागिता द्वन्द्वपीडित महिला सङ्क्रमणकालीन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा गरेको थियो ।