INSEC Online

📅 २०८३ जेष्ठ २१

सडक नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा–६ मा स्थित जयदेव माध्यमिक विद्यालय जम्बूकाँधमा गठित बाल अधिकार समूहको समन्वयमा  जेठ ७ गते  शिक्षाको महत्व विषयक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएकाे छ ।

चामुण्डाबिन्द्रासैनी नगर बाल अधिकार समूहले अभिभावक,शिक्षक,र विद्यार्थीहरुको उपस्थितिमा शिक्षा सबैको लागि अति आवश्यक रहेको र गुणस्तरिय शिक्षा अहिलेको आवश्यकता हो । कुनै पनि बालबालिकाहरु शिक्षाबाट वञ्चित नहुने सन्देश नाटक मार्फत दिएको छ ।

शिक्षाको महत्व विषयक सडक नाटक प्रदर्शन सम्पन्न कार्यक्रममा जयदेव माध्यमिक विद्यालय जम्बूकाँधका निमित प्रधानाध्यापक सुर्जकला बुढाले इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदविरुद्ध विविध खाले कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि गरेको प्रति धन्यवाद प्रकट गर्नु भयो । यो सन्देश मूलक शिक्षाको महत्व सडक नाटकले अभिभावक , शिक्षक र विद्यार्थीहरुलाई राम्रो सन्देश दिने बताउनु भयो ।

सडक नाटक प्रदर्शनमा अभिभावक,शिक्षक,र विद्याथी गरी करिब एक सय जनाको सहभागिता रहेको थियो ।

 

Photo20240521Dailekh (1)

Photo20240521Dailekh (2)

अन्य

भिडियो