INSEC Online

📅 २०८३ जेष्ठ २१

शैक्षिक सुधारको माग राखी वडा कार्यालयको ध्यानाकर्षण

अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतद्वारा सञ्चालित मानव अधिकार शिक्षा परियोजना अन्तरगत दुल्लू नगरपालिकामा गठित मानव अधिकार समूहले वैशाख १६ गते दुल्लू नगरपालिका-९ को वडा कार्यलयलाई विद्यालयमा शैक्षिक सुधारका माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ ।

विद्यालयहरुमा कम्प्यूटर प्रयोगमा नआएको र कम्प्यूटर शिक्षक नभएको, विद्यालयहरुमा व्यवस्थित सौचालय नभएको वडा स्तरका विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरु शिक्षा तथा स्वास्थ्य सेवाबाट बञ्चित भएको ध्यानाकर्षण पत्रमा औल्याइएको छ ।

ध्यानाकर्षणपत्र बुझाउन मानव अधिकार समूहका अध्यक्ष दुर्गे नेपाली, सदस्यहरु सुशिला योगी, टेकबहादुर सुजी, अञ्जु दाहाल समेत वडा कार्यालय पुग्नुभएको मानव अधिकार शिक्षा परियोजना जिल्ला सहजकर्ता कलमबहादुर नेपालीको जानकारी दिनुभयो ।

दुल्लू नगरपालिका–९ का वडाध्यक्ष तिलकप्रसाद उपाध्यायले ध्यानाकर्षण पत्र ग्रहण गर्दै मानव अधिकार समूहले औंल्याएको समस्या समाधानका लागि तत्काल पहल गरी विद्यालयहरुमा शैक्षिक क्रियाकलापहरु व्यवस्थित गराउने प्रतिवद्धता जनाउनुभयो ।

Photo20240429Dailekh (1)

Photo20240429Dailekh (2)

अन्य

भिडियो