INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगन्ज र मानव अधिकार निगरानी समूह कपिलवस्तुको आयोजनामा कपिलवस्तु नगरपालिकास्थित तौलिहवामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सेवाग्राही र सेवा प्रदायकबीच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे बुद्धभूमि नपा र कपिलवस्तु नपाका सेवाप्रदायक र सेवाग्राहीबीच जेठ १० गते सार्वजनिक सुनुवाइ गरिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा बुद्धभूमि नपा–४ का सेवाग्राही भोजराज पोखरेलले बजारमा नक्कली मल, नक्कली विषादी बजारमा विक्री वितरण भइरहेको आरोप लगाए ।

विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कम हुदा एउटै कक्षामा १ सय जना विद्यार्थी बस्नु पर्ने बाध्यता रहेको तिलौराकोट बाल अधिकार चेतना समूहका सदस्य निखिल यादवले गुनासो गरे ।

तिलौराकोट निगरानी समूहका अध्यक्ष भोजराज खनालले कृषि र पशु शाखाका कार्य पारदर्शी र प्रभावकारी नभएको किसानले पाउने सेवासुविधा आफ्ना मान्छेहरूलाई मात्र दिने गरेको आरोप लगाए ।

जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले इन्सेकले सञ्चालन गरेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा राखिएको सार्वजनिक सुनुवाइले स्थानीय सरकारले गरेका कमी कमजोरी उजागर भएको र सेवा प्रदायक निकायलाई खबरदारी गरिएकोले कार्यक्रम प्रभावकारी भएको बताए ।

कपिलवस्तु नगरपालिकाकी उपमेयर लक्ष्मी गुप्ताले सार्वजनिक सुनुवाइले प्रत्यक्ष रूपमा जनताका गुनासा सुन्न पाउनुको साथै आगामी दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता जनाइन् ।

मानव अधिकारकर्मी तथा जबाफदेही निगरानी समूहका संयोजक राम दयाल ठाकुरले महिना र वर्ष परिवर्तन भए पनि सेवाप्रदायकका बानी ब्यहोरा र शैली परिवर्तन हुन नसकेको बताए ।

photo20190524kapilvastu (1)

photo20190524kapilvastu (2)

photo20190524kapilvastu (3)

photo20190524kapilvastu (4)

photo20190524kapilvastu (5)

photo20190524kapilvastu (6)नन्दराम पौडेल

अन्य

भिडियो