INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा स्वास्थ्य र कृर्षि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिवद्धता

शिक्षा स्वास्थ्य र कृर्षिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गाउँपालिका उपाध्यक्षले प्रतिवद्धता जनाउनु भएको छ । इन्सेक नेपालगञ्जको आयोजनामा पुस २२ गते बढैयाताल गाउँपालिकामा सम्पन्न शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दीपा गौतमले उक्त प्रतिवद्धता गर्नु भएको हो ।

उपाध्यक्ष गौतमले संविधानले  मौलिक हकको रुपमा सुनिश्चित गरेका शिक्षा, स्वास्थ्य, र खाद्य अधिकारको क्षेत्रमा बजेट विनियोजन नगरेको स्वीकार गर्दै बजेट विनियोजन गर्ने व्यवस्था मिलाउन कार्यपालिकामा छलफल चलाउने बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले नागरिकहरूको आधारभूत अधिकार प्रति गम्भीर रहेको बताउदै गाउँपालिकाको कमजोरी औल्याएर सचेत बनाउन आग्रह गर्नु भयो ।

मानवअधिकार समूहका संयोजक हरिबहादुर घर्तीले शिक्षा, स्वास्थ्य, खाद्य र आवास क्षेत्रका समस्या पहिचान गरी समाधानकालागि निरन्तर पहल गर्ने बताउनु भयो । कार्यक्रमका सहभागिहरूले शिक्षा, स्वास्थ्य, र खाद्य अधिकारलाई  मौलिक हकको रुपमा सुनिश्चित गरिसकेको भएपनि गाउँपालिकाले प्राथमिकता नदिएको प्रति गुनासो गरेका थिए ।

अन्य

भिडियो