INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, महिला हिंसा तथा भेदभाव विरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन

WhatsApp Image 2023-11-24 at 8.23.58 PM

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–१ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा नव गठित बाल अधिकार समूहका बालबालिकाहरुले ०८० मङ्सिर  ०८ गते साेही गाउँपालिकाकाे लवकुश चाेकमा शिक्षा, स्वास्थ्य, महिला हिंसा तथा भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन् ।

बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका असमानता तथा विभेद र बाल विवाह, महिला हिंसा तथा महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरे । नाटकको माध्यमद्वारा बालबालिकाले असमान व्यवहार तथा विभेदले मानव जीवनमा पर्ने असरलाई चित्रण गरेकाे धनुषा जिल्ला सहजकर्ता शिवजी परियारले बताउनु भयाे ।

त्यस्तै, मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउन प्रस्तुत नाटक प्रभावकारी रहेकाे संरक्षक शिक्षक सतेन्द्र शर्माले बताउनु भयाे ।

हाम्रो समाजमा जनचेतनाकाे कमी भएकै कारण दिनप्रतिदिन शिक्षा र स्वास्थ्य क्षेत्रमा असमान व्यवहार देखिनुकाे साथै, महिला हिंसा तथा जातीय भेदभाव बढिरहेकोले न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम ग्रामीण तहसम्म पुर्‍याउनुपर्ने बाल अधिकार चेतना समूहका अध्यक्ष देवेन्द्र कुमार महतोले बताउनु भयाे।

मानव अधिकार समूहका अध्यक्ष सुरज महताेका अनुसार शिक्षा, स्वास्थ्य तथा महिला क्षेत्रमा देखिएकाे भेदभावका विरुद्धमा बाल अधिकार समूहका बालबालिकाहरुले  सडक नाटक मार्फत प्रस्तुत गरेकाे जनचेतनामूलक कार्यक्रम प्रस‌‍म्सनीय रहेकाे छ ।

सडक नाटक प्रदर्शनमा रोशन कुमार महताे, अमरजित कुमार महतो, रोहित कुमार महताे, राहुल कुमार महताे, सुन्दर कुमार महताे, चन्द्रशेखर महताे, देवेन्द्र महताे, रन्जु महरा, कञ्चन कुमारी, अमृता कुमारी, प्रिति कुमारी लगायतका बालबालिकाहरुकाे सहभागीता रहेकाे थियाे ।
WhatsApp Image 2023-11-24 at 8.23.51 PM WhatsApp Image 2023-11-24 at 8.23.53 PM WhatsApp Image 2023-11-24 at 8.24.03 PM

अन्य

भिडियो