शिक्षा, स्वास्थ्य र खाद्य अधिकार संरक्षणको विषयलाई प्रथामिकता दिनु पर्नेमा बाँकेमाआयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्ज, बैजनाथ गाउँपालिका र रेडियो सद्भावको आयोजनामा असार १३ गते आयोजित सार्वजनिक सुनुवाइ तथा रेडियो संवाद कार्यक्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रूचालले उक्त कुरामा जोड दिएका हुन् ।
अध्यक्ष रूचालले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार संरक्षण गर्न आफू सधैँ लागि पर्ने प्रतिबद्घता जनाउँदै आधारभुत तहसम्मको शिक्षा प्रदान गर्ने दायित्वसम्बन्धी आवश्यक व्यवस्था गर्ने जिम्मेवारी सरकारको भएको बताए ।
इन्सेक प्रदेश ५ का संयोजक भोला महतले स्वागत मन्तव्य सहित कार्यक्रममको उद्देश्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष शान्ता रेग्मी बिक, शिक्षा शाखा प्रमुख विश्वराज ढकाल, स्वास्थ्य शाखा प्रमुख गणेश थापालगायतले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीलगायत ४५ जनाको सहभागिता रहेको थियो ।


स्मृति देवकोटा