INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालबारे बन्दिपुरमा सार्वजानिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा जेठ १८ गते बन्दिपुर गाउँपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै नगरपालिकाका गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नीति तथा कार्यक्रममा प्रथामिकताका साथ राखेर कार्यान्वयन गरिने बताउनु भयो ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषय मौलिक हक मात्र नभएर नागरिकका आधारभुत अधिकार पनि भएको हुँदा गाउँपालिकाले पनि यसलाई उच्च प्राथमिकतामा राख्ने अध्यक्ष थापाले बताउनु भयो ।

गाउँपालिकामा अहिले नयाँ नेतृत्व आएको र आगामी वर्षको नीति तथा कार्यक्रम तयारीकै चरणमा रहेको हुँदा विगतको नीति तथा कार्यक्रम अध्ययन गरेर अझ समेट्न सकिने विषयलाई थप गर्ने अध्यक्ष थापाले बताउनु भयो ।

गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाललाई प्राथमिकतामा राखेर नीति बनाइने बताउनु भयो ।

नीति बनाउँदा इन्सेक र मानव अधिकार समूहसँग पनि सुझाव मागिने उपाध्यक्ष गुरुङले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले संविधानको मौलिक हकमा उल्लेख भएको विषयलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर नीति बनाइने बताउनु भयो ।
photo20220602tanahu (1)

photo20220602tanahu (2)

photo20220602tanahu (3)

photo20220602tanahu (4)

अन्य

भिडियो