INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको समस्या पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवारी निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत माइजोगमाई गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी समस्या पहिचान र कार्ययोजना निर्माण कार्यक्रम असोज २० गते सम्पन्न भएको छ ।

इन्सेकद्धारा गठित मानव अधिकार समूह, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखा प्रमुख र वुद्धिजीवीहरूको सहभागितामा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था, समस्याको लेखाजोखा गरी समस्या पहिचान कार्यक्रम सम्पन्न भएको हो ।

मानव अधिकार समूहका अध्यक्ष रोमनाथ आचार्यको अध्यक्षता र गाउँपालिकाका योजना अधिकृत तथा निमित्त कार्यालय प्रमुख गोकुल सञ्जेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरूले समस्या पहिचान गर्दै त्यसको समाधानका लागि कार्ययोजना समेत निर्माण गरेका छन् ।

कार्यक्रममा शिक्षा  क्षेत्रमा भौतिक पूर्वाधार, खेलमैदान, शौचालय, घेराबारा निर्माण नभएको जस्ता समस्या पहिचान गरिएको थियो ।

स्वास्थ्य क्षेत्रमा सर्वसाधारणले रोम महामारीका समयमा सरसफाइमा ध्यान नदिएको, सन्तुलित भोजन नभएको, मदिरा जन्य पदार्थ उत्पादन र प्रयोगले समस्या आएको जस्ता समस्या पहिचान गरिएका छन् ।

आधुनिक खेती प्रणालीमा प्राविधिक ज्ञानको खाँचो, कृषिमा सिचार्इं अभाव जस्ता समस्या पहिचान भएका छन् ।

आवासको क्षेत्रमा पनि भूकम्प र पहिरोको जोखिम अध्ययन नगरिनु, बजारको ढल तथा नाली व्यवस्थापन नहुनु जस्ता समस्या पहिचान गरिएको थियो ।

समस्या पहिचानपछि कार्यक्रमका प्रमुख अतिथि गोकुल सञ्जेलले पहिचान गरिएका समस्याहरुलाई समाधान गर्न गाउँपालिकाको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

Photo 20200906 Ilam (1)

Photo 20200906 Ilam (2)

Photo 20200906 Ilam (3)

अन्य

भिडियो