INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारको सवालमा अन्तरक्रिया

बनगाड कुपिण्डे नगरपालिकमा जनप्रतिनिधी तथा सम्बन्धित सरोकारवालाबीच शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारको सवालमा असोज १७ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इएलपी परियोजना अन्र्तगत इन्सेक सल्यानको आयोजना सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी बनगाड कुपिण्डे नपाका उपप्रमुख मन्जु यरीले नगरपालिकामा प्रमुख समस्यामा रहेको शिक्षाको विषयमा चाहेर पनि काम गर्न नसकेको बताउनुभयो ।

नगरपालिकामा शिक्षा समिती सक्रिय नभएका कारण शिक्षा निती कार्यान्वयन गर्न समस्या भएको उहाँको भनाई थियो ।

तत्कालको सन्दर्भमा कोभिड -१९ का कारणले धेरै समस्याहरु हल गर्न नसकेको बताउँदै उपप्रमुख यरीले आगामी दिनमा समस्या समाधानका लागि काम गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा चासो दिनु पर्ने भन्दै यस विषयमा सुधार ल्याउने गरी काम गर्न नगरपालिकाको ध्यानाकर्षण समेत गराएका थिए ।

कार्यक्रममा बनगाड क्याम्पसका प्रमुख गणेश चन्दले शिक्षा, स्वास्थ्य, आवास, तथा खाद्य अधिकारका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

इएलपी परियोजनाका सल्यान सहजकर्ता रामचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण इन्सेक जिल्ला प्रतिनिधी मिना बुढाथोकीले गर्नु भएको थियो ।

20201005 Salyan

20201005 Saly

अन्य

भिडियो