INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा र स्वास्थ्यको अवस्था नाजुक रहेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारवालाहरूले गाउँको शिक्षा र स्वास्थ्यको अवस्था नाजुक रहेको बताएका छन् ।

जनघनत्व अनुसारको स्वास्थ्य संस्था र विद्यालय नभएको तथा भएका संस्थामा समेत जनशक्ति उपकरण र औषधिको अभावका कारण अवस्था नाजुक रहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

गाउँपालिकामा कात्तिक २८ गते इन्सेकले गरेको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा गाउँपालिकाका अगुवा ममता कुमारी उराँवले सो चिन्ता व्यक्ति गरेकी हुन् ।

उनले स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधि नपाएको, ल्याव सुविधा नभएको कार्यालय समयसम्म स्वास्थ्यकर्मी नबसेको गुनासो गरिन् ।

गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी मेहताले गाउँको शिक्षा र स्वास्थ्यको सुधारका लागि प्रयास भए पनि सन्तोषजनक सुधार भइनसकेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले सरोकारवालाको समन्वय र सहकार्यको अभावमा शिक्षा, स्वास्थ्य र खाद्यको अवस्था नाजुक रहेकाले यसमा सुधारको आवश्यकता रहेको बताए ।

गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले मानव अधिकारको सवालमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको कुरा मात्र गरेर नहुने भएकाले त्यसको कार्यान्वयन आवश्यक रहेको बताए ।

कार्यक्रममा इन्सेकका प्रदेश प्रमुख सोमराज थापाले सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा यसैका लागि इएलपी कार्याक्रम ल्याएको बताए ।

यसैबिच भोक्राहा नरसिंह गाउँपालिकामा मानव अधिकार समूह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालयको आयोजनामा गरिएको परियोजना परिचयात्मक कार्यक्रममा कात्तिक २८ गते मानव अधिकार समूह गठन गरिएको हो ।

शोभा मेहताको अध्यक्षतामा १९ सदस्यीय मानव अधिकार समूह गठन गरेको परियोजनाकी सहजकर्ता मीना साहले बताइन् ।

समूहको उपाध्यक्षमा मुर्सिद आलम सचिवमा दिपेन्द्र यादव, कोषध्यक्षमा पुनम साह चयन भएका छन् । त्यसैगरी समूहको सदस्यहरूमा अन्जुम आरा, सुरेन्द्र मेहता, ममता उराँव, मेहराज मियाँ, बेलाल अन्सारी, आशादेवी पोदार, सुरेन्द्र मेहता (सानो), सरोजदेवी यादव, शेख मुम्ताज, ओमप्रकाश यादव, रञ्जित कुमार राम लगायत छन् ।

समूहलाई सफलताको शुभकामना दिँदै मानव अधिकार, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा वकालत गर्न गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले आग्रह गरेका छन् ।

photo20191114sunsari (1)

photo20191114sunsari (2)

photo20191114sunsari (3)

photo20191114sunsari (4)

photo20191114sunsari (5)

photo20191114sunsari (6)

photo20191114sunsari (7)

photo20191114sunsari (8)

photo20191114sunsari (9)

अन्य

भिडियो