INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना र मानव अधिकार समूहको समन्वयमा खाँडाचक्र नगरपालिकामा असोज १३ गते शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अविभावक, विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने कार्यक्रम अन्तर्गत खाँडाचक्र नपामा आयोजित अन्तरक्रिया कार्यक्रममा शिक्षक महासंघ खाँडाचक्रका सचिव मिमबहादुर सिंहले कोरोनाका कारण विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू मारमा परेकाले बैकल्पीक शिक्षाको लागि नगरपालिकाको ध्यान दिनुपर्ने  बताउनुभयो ।

कार्यक्रममा अविभावक एवम शिक्षापे्रमि रामबहादुर विष्टले विद्यालयहरूमा कम्युटर भएपनि जनशक्तिको अभावले थन्क्याएर राख्नु परेको गुनासो गर्नुभयो ।

साथै उहाँले प्रत्येक विद्यालयमा कम्प्यूटर शिक्षकको व्यवस्था गर्न स्थानीय सरकारसँग माग राख्नु भयो ।

बाल अधिकार चेतना समूह जनज्योती माविका अध्यक्ष अकलबहादुर मल्लले विद्यालयमा शिक्षकको अनियमितताका कारणले विद्यार्थीको पढाइमा बाधा पुगिरहेको हुनाले विद्यालय व्यवस्थापन समितिले नियमित अनुगमन गर्नु पर्ने बताउनु भयो ।

विद्यालयहरूमा बालमैत्री धारा र शौचालयको समस्या रहेकाले सम्बन्धित निकायको ध्यान जानु पर्नेमा मल्लले जोड दिनुभयो ।

यस्तै जनज्योति  मावि पाँखाका शिक्षक शुष्मा विष्टले शैक्षिक क्षेत्रको सुधार र अविभावकको शिक्षकप्रतिको चासो बढाउन इन्सेकले टोल–टोल तथा प्रत्येक विद्यालयमा कार्यक्रम गर्नु पर्ने बताउनु भयो ।

अन्तरक्रियामा शैक्षिक सरोकारवाला, शिक्षक, अविभावक र विद्यार्थीहरूले खाँडाचक्र नपा भित्रको शैक्षिक क्षेत्रका समस्याबारे छलफल गर्नु भएको थियो ।

अन्य

भिडियो