INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षा अधिकारका सवालमा अन्तरक्रिया

इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत माइजोगमाई गाउँपालिकामा शिक्षाका सवालमा अन्तरक्रिया कार्यक्रम पुस १५ सम्पन्न गरिएको छ ।

इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग तथा इन्सेकद्धारा गठित मानव अधिकार समूह माइजोगमाईको आयोजनामा शिक्षाको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष जीतबहादुर राईले इन्सेकले परियोजनामार्फत विभिन्न सवाल उठाएर आफूहरूलाई कार्य सम्पादन गर्न सहज भएको बताउनु भयो । उहाँले मानव अधिकार समूहले शिक्षा,स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा गाउँपालिकाभित्रका समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि गाँउपालिकालाई अनुरोध गर्दा कार्य सम्पादनमा सहज भएको बताउनु भयो । अध्यक्ष राईले शिक्षा अधिकारका सवालमा इन्सेकले उठाएका सवालहरूलाई सम्बोधन गर्ने बताउनु भयो ।

कार्यक्रममा माइजोगमाई गाउँपालिका–१ का वडाध्यक्ष यम राईले मानव अधिकार समूहले समस्याहरूको पहिचान गरी गाउँपालिकामा बुझाएकाले त्यसको सम्बोधन गरिने बताउनु भयो ।

नरदेवी आधारभूत विद्यालयका शिक्षकले राज्यले आधारभूत तहका बालबालिकालाई दीवा खाजाका लागि दिएको रकम अपुग हुने भएकाले गाउँपालिका स्रोत व्यवस्थापन गरीदिन आग्रह गर्नु भयो ।

शिरिषे माध्यमिक विद्यालयका शिक्षक मनोज यादवले माध्यमिक तहमा शिक्षक दरबन्दी कम भएको र आधारभूत तहमा शिक्षिका दरबन्दी नभएका कारण पठनपाठनमा समस्या भएको बताउनु भएको छ  ।

अन्य

भिडियो