INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा मानव अधिकार समूह शुभकालिका र बाल अधिकार चेतना समूह चन्द्र सूर्य मावि हाउडिको समन्वयमा शुभकालिका गाउँपालिकामा असोज ८ गते शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अविभावक, विद्यार्थिबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने कार्यक्रम अन्तरगत शुभकालिका गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा गाउँपालिका शिक्षा शाखाका स्रोत व्यक्ति पुष्पराज आचार्यले अन्य क्षेत्रको तुलनामा शिक्षा क्षेत्रमा सबैभन्दा धेरै समस्या रहेको बताउनुभयो ।

अपाङ्गता भएका विद्यार्थीहरूलाई विद्यालयको समस्या, गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय सिकाई वातावरणको समस्या र नमूना विद्यालयको लागि भौतिक सुविधाको समस्या रहेको बताउनुभयो ।

अविभावक एवम् समाजसेवि बिरजित खत्रीले विद्यालयको तारबार लगाउने र बालमैत्री शौचालय नहुन प्रमुख समस्या रहेको भन्दै स्थानीय सरकारले तत्काल समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै चन्द्र सूर्य माविका प्रधानाध्यापक धर्मराज आचार्यले कोभिडका कारण सिकाइमा भएको क्षति पुरा गर्न समस्या रहेको धारणा राख्नुभयो ।

अन्तरक्रियामा शिक्षक, अविभावक र विद्यार्थिले शुभकालिकाको शैक्षिक सवालहरूको उठान गर्नु भएको थियो ।

photo20210927 kalikot

अन्य

भिडियो