
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा मिथिला नगरपालिकामा गठित मानव अधिकार समूह र बाल अधिकार सचेतना समूहले ०८१ जेठ २३ गते महेन्द्र माध्यमिक विद्यालय ढल्केबरको प्राङ्गनमा वृक्षरोपण गरी विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
“Our Land, Our Future” “हाम्रो भूमि, हाम्रो भविष्य“ भन्ने मुल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा इन्सेक मधेस प्रदेश कार्यलयले आयोजना गरेको कार्यक्रम वृक्षरोपण गरी सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा मानव अधिकार र बाल अधिकार सचेतना समूहका सदस्यहरू, महेन्द्र माध्यमिक विद्यालय ढल्केबरका प्रधानाध्यापक तथा शिक्षकलगायतले स्कुलको प्राङ्गनमा सामूहिक रुपमा वृक्षरोपण गरेका थिए ।
विश्व वातावरण दिवसको अवसरमा यस विद्यालयको प्राङ्गनमा वृक्षरोपण गरिएकोमा मानव अधिकार समूह र इन्सेकलाई संरक्षक शिक्षक नीर प्रसाद शर्माले धन्यवाद दिँदै, जलवायु परिवर्तनलाई न्यूनिकरण गर्नका लागि जल, जंगलको संरक्षण र वृक्षरोपण कार्यक्रम गर्नुपर्छ बताउनु भयो ।
कार्यक्रममा इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान, मधेस प्रदेश मानव अधिकार समूहका उपध्यक्ष हरिनारायण दास, मिथिला नगरपालिकाका मानव अधिकार समूहका सदस्यहरू विना कडारी, नरेश कुमार महतो, शुशिला कुमारी सुवेदी, शुनिता लोहनी वि.क, देवकि सुनार, इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियारलगायतको सहभागीता रहेको थियोे ।


