रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरमा मङ्सिर १५ गते इन्सेक प्रदेश २ कार्यालयले पुस्तक स्टल राख्दै मानव अधिकारसम्बन्धी जानकारीमुलक पर्चा, पम्पलेट प्रदर्शनी गरेको छ ।
इन्सेक प्रदेश २ कार्यालयलगायत विभिन्न मानव अधिकारवादी सङ्घसंस्थाहरूले पुस्तक स्टलमा आफ्नो वर्ष पुस्तक, विभिन्न जनचेतनामुलक पर्चा, पम्पलेटलगायतको सामग्री राख्दै श्रद्धालु भक्तजनहरूलाई मानव अधिकार रक्षाको सवालमा जानकारी दिइएको छ ।
जनकपुरस्थित बारह विगहा स्थलमा मानव अधिकारसम्बन्धी जानकारीमुलक पुस्तक स्टल राखेर महोत्सवमा सहभागी श्रद्धालुहरूलाई विभिन्न मानव अधिकारसम्बन्धी पर्चा, पम्पलेट र वर्ष पुस्तक प्रदान गरेको छ ।
विवाह पञ्चमी महोत्सवको अवसरमा लाखौँ श्रद्धालु भक्तजनहरू जनकपुर आएकाले गर्दा मानव अधिकारसम्बन्धी गतिविधिबारे जानकारीका लागि पुस्तक स्टल राखेको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताउनुभयो ।
बारह विगहामा राखिएको मानव अधिकारको पुस्तक स्टलबाट १ हजारभन्दा बढी श्रद्धालुभक्तजनहरूलाई पुस्तक वितरण गरिनुका साथै मानव अधिकार उल्लङ्घटनका घटना भए तुरून्त मानवअधिकारकर्मी वा प्रहरी प्रशासनलाई खवर गर्न जानकारी दिइएको छ । स्टलको अवलोकन श्रद्धालु भक्तजनहरूले गर्नुभएको छ ।




