INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा बाल अधिकार समूह पुनरगठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत असोज २३ गते दुल्लु नगरपालिका–७ स्थित नेपाल राष्ट्रिय मावि किर्तिखम्बमा पुष्पा रावतको अध्यक्षतामा १२ सदस्यीय बाल अधिकार समूह पुनरगठन भएको छ ।

हिरण्य उपाध्याय, स्मार्ट भण्डारी, दिपेन्द्र विक, विगत थापा, केशवबहादुर शाही, दिपिका राई, संगीता बिष्ट, समीक्षा भण्डारी, अनिता रावत, रन्जिता सुनार र मेलिना भण्डारी सदस्य चयन हुनुभएको छ । विद्यालयका निमित्त प्रद्यानाध्यापक लोकेन्द्र भण्डारीको उपस्थितिमा समिति पुनरगठन गरिएको हो ।

यसैगरी असोज २४ गते दुल्लु नगरपालिका–९ स्थित प्रेमदेवी मावि धामिगाँउमा सुमित्रा पोखरेलको संयोजकमा १३ सदस्यीय बाल अधिकार समूहको पुनरगठन गरिएको छ ।

तिलक केसी, रोसनी योगी, पूजा सुनार, सन्देश योगी, प्रमिला योगी, जीवन खड्का, कृष्ण सार्की, मनोज जैसी, प्रकाश योगी, मनिषा योगी, बिनिता उपाध्याय, सरोज योगी बाल अधिकार समूहका सदस्य रहनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार योगी र प्रद्यानाध्यापक मणिराज जैसीको उपस्थितिमा बाल अधिकार समूह पुनरगठन पछि बाल अधिकार समूहले गर्ने बाल अधिकार प्रवद्र्धनका निम्ति कार्ययोजना निर्माण गरिएको इएलपी परियोजनाका सहजकर्ता कलम नेपालीले जानकारी दिनुभयो ।
Dailekhphoto202310_12 Dailekhphoto20231012

अन्य

भिडियो