इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् ।

सङ्घीय संरचनापछि पछिल्लो समयमा गाउँगाउँमा बजार विस्तार भएका तर सहरी विकासको गुरुयोजना नबनेको कारण फोहोर व्यवस्थापन मुख्य चुनौती रहेको सहभागीहरूले औँल्याएका थिए । रक्सीका खाली बोत्तलहरू यत्रतत्र फ्याकिएका र जतात्यतै फोहोरले प्रदुषण बढेको सहभागीहरूले समस्या बताएका थिए । चामुण्डाबिन्द्रसैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीले नगरको वातावरणसम्बन्धी ऐन बनेको र फोहोर व्यवस्थापनको लागि जग्गा खोजी भइरहेको बताउनु भयो । उहाँले अधिकारका कुरा सिकाए जसरी कर्तब्य पालना गर्न नागरिकको दायित्व अभिमुखीकरण गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा चामुण्डाबिन्द्रसैनी उपप्रमुख मनसराकुमारी शर्माले वातावरण स्वच्छ राख्न मानिसको व्यवहार परिर्वत गर्नुपर्ने बताउनु भयो । चामुण्डाबिन्द्रसैनी वन सवडिभिजनका वन अधिकृत भरत रोकायले वातावरण स्वच्छताका लागि वन संरक्षणमा सबैको ध्यान जानुपर्ने सुझाव दिनुभयो ।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत गठित चामुण्डाबिन्द्रासैनी नगर स्तरीय मानव अधिकार समूहका अध्यक्ष बालीराम जैसीको अध्यक्षयतामा भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, मानब अधिकार समूह बाल अधिकार प्रतिनिधि र महिला स्वास्थ्य स्वयम् सेविकाहरू समेतको उपस्थिति थियो ।