INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रर्दशन

इन्सेकद्वारा गठित सूर्यज्योति प्रगतिशील बाल अधिकार समूह बराहताल गाउँपालिका–७, लामाखालीको आयोजना, बराहताल मानव अधिकार समूह र सूर्यज्योति माध्यामिक विद्यालयको समन्वयमा ०८१ चैत्र १० गते बराहताल गाउँपालिका–७, लामाखालीमा वातावरण संरक्षणसम्बन्धी सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

Photo24032025Surkhet

बर्खा सुरु भएसँगै वातावरणमा धेरै किसिमका समस्याहरू मानवले भोग्नुपर्ने हुँदा बाढी, पहिरो, वन डढेलोबाट हुने क्षतिको बरेमा नागरिकलाई सचेत पार्नका लागि सडक नाटक प्रदर्शन गरिएको हो ।

सूर्यज्योति माविका प्रधानाध्यापक केशर बहादुर गौतमले वातावरण प्रदुषणका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष रूपमा असर गर्ने बताउनु भयो । उहाँले यसबाट आफूहरू समयमै सर्तक रहनुपर्ने उल्लेख गर्नुभयो । मानवका हरेक गतिविधिबाट वातावरण प्रदुषण हुने हुँदा आफै सचेत भएर रहन आवश्यक भएको बताउनु भयो । नाटकको सहजीकरण सूर्यज्योति माविका शिक्षक कमल चन्दले गर्नुभएको थियो ।

Photo24032025Surkhet1

Photo24032025Surkhet2

Photo24032025Surkhet3

अन्य

भिडियो