अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा ०८० पुस २४ गते दुल्लु नगरपालिकामा वातावरण अधिकार विषयक कार्यशाला सम्पन्न भयो ।
दुल्लू नगरपालिका मानव अधिकार समूहका अध्यक्ष दुर्गे सार्कीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख भरत रिजालले इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद बिरुद्ध विविध खाले कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि गरेको प्रति धन्यवाल प्रकट गर्नु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपालले पञ्चधातुले निर्मित नगरलाई स्वच्छ, सफा र सुन्दर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नु भयो । मानव अधिकार शिक्षा कार्यक्रम अन्र्तगत सम्पन्न कायृक्रममा दुल्लु नपा योजना शाखा प्रमुख तुल्सी प्रसाद उपाध्याय, वन महासङ्घ दुल्लूका अध्यक्ष रुद्र रिमाल जनप्रतिनिधि, शिक्षक, बाल अधिकार समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसैबीच दुल्लु नपामा गठित मानव अधिकार समूहले यस नगरको सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले स्वच्छ वातावरणमा बाँच्न र पढन पाउने अधिकार सुनिश्चित गरिनुपर्ने भन्दै नगरपालिकाको मागदाबी पत्र बुझाएको सहजकर्ता कलम नेपालीले बताउनु भयो ।
समुहले बुझाएको मागदाबी ग्रहण गर्दै नगरप्रमुख रिजालले सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले स्वच्छ वातावरणमा बाँच्न र पढन पाउने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भयो ।




