INSEC Online

📅 २०८३ जेष्ठ २१

वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्ममा इन्सेकले अभिलेखीकरण गरेका ३९ ओटा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामाथि सरोकारवालाबिच समिक्षा गरिएको हो ।

इन्सेक अभिलेखका आधारमा जिल्लामा बाल अधिकारसँग सम्बन्धित बलात्कारका घटना १३ ओटा, बलात्कार प्रयास तीन ओटा, बाल यौन दुव्र्यवहारका ६ ओटा, आत्महत्या दुरूत्साहनका एक ओटा ,बाल बिवाह एक ओटा र मानव बेचबिखनका एक ओटा घटना अभिलेख गरिएको छ ।

जिल्लामा महिला यौनजन्य घटनामा पीडित भएको इन्सेक अभिलेखमा देखिन्छ । बलात्कार घटनाका घटना आठ ओटा  ,बलात्कार  प्रयास दुई ओटा, बहुबिवाह एक ओटा, हत्या एक ओटा, घरेलुु  हिंसा एक ओटा र कुटपिट एक गरी जिल्लामा ३९ जना कुनै न कुनै हिसाबले मानव अधिकारबाट वञ्चित भएका छन् ।

समीक्षा कार्यक्रममा इलाम निर्वाचन क्षेत्र  न. १ का नवनिर्वाचित माननीय प्रतिनिधि सभा सदस्य महेस बस्नेतले ७४ औँ मानव अधिकार दिवसको शुभकामना दिनुहुँदै जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाहरु बढ्दो अवस्थामा रहेकोले यसको रोकथामको लागि सबैले आफ्नो ठाँउ देखि नै लागि पर्नुपर्ने बताउनु भयो । मानव अधिकारको क्षेत्रमा रहेर काम गर्ने इन्सेकले  समग्र जिल्लामा मानव अवस्थाको बारेमा के हुँदै छ भनेर जिल्लाको अवस्था जानकारी गराएर सबैलाई सुसूचित गराएको मा धन्यवाद व्यक्त गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी जितेन्द्रकुमार बस्नेतले जिल्लामा बलात्कार र बलात्कार प्रयासजस्ता यौनजन्य घटनामा धेरै मात्रामा बालिका पीडित हुने गरेको बताउनु भयो । उहाँले यस किसिमका घटना न्यूनीकरणका लागि गाउँगाउँमा  जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्नुपर्ने र प्रहरी कार्यालय विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।

समीक्षा कार्यक्रममा मानव अधिकार मञ्च  नेपाल इलामका सचिव दुर्गादेवी भट्टराईले  अझै पनि महिलाहरूमाथि हुने विभिन्न किसिमका हिंसाहरूको न्यूनीकरण हुन नसकेको बताउनु भयो । महिला तथा बालिकाहरू बढी आफ्नै आफन्तहरू नजिकका छिमेकीहरूबाट नै बलात्कृत हुनु परेको र घरेलु हिंसाका घटनाहरूबाट महिलाहरू पीडित भएको बताउनु भयो ।

कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरु सरोकारवाला , मानवअधिकारकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

photo 20221210 Ilam (1)

photo 20221210 Ilam (2)

photo 20221210 Ilam (3)

photo 20221210 Ilam (5)

photo 20221210 Ilam (6)

अन्य

भिडियो