INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा र जातीय विभेद विरुद्वको कानुनी सचेतना कार्यक्रम सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १५ र १६ मा भदौ १० गते लैङ्गिक हिंसा तथा जातीय विभेद विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नम्बर १५ का वडा सदस्य एवं कार्यवहाक वडा अध्यक्ष धर्मा विसीले आफ्नो समुदायमा लैङ्गिक तथा जातीय विभेदका घटनाहरु फैलिनुको मुख्य कारण अशिक्षा र कानुनी सचेतनाको अभाव रहेको बताउँदै यस्ता कार्यक्रमहरुले नागरिक सचेतनामा सहयोग पुग्ने बताउनुभयो ।

१५ नम्बर वडा कार्यालयका सचिव सर्वजित वलीले इन्सेकले मानव अधिकार सुरक्षाको लागि कानुनी सचेतना कार्यक्रमको सुरुवात गरेकोमा खुसी व्यक्त गदै स्थानीय सरकार र गैरसरकारी संस्थाबिच समन्वय गरी आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेम जोड दिनुभयो ।

त्यस्तै गरी वडा नम्बर १६ का कार्यवहाक वडा अध्यक्ष लालबहादु छन्तेलले प्रदेश राजधानीकै अन्य वडाको तुलनामा पछाडि परेको बताउँदै यस्ता कानुनी सचेतना कार्यक्रम आफ्नो वडामा आवश्यक रहेको बताउनुभयो । यी कार्यक्रमले समुदायमा सचेतनाले विभिन्न प्रकारका विभेदहरुको अन्त्य हुने उहाँको विश्वास छ ।

विभिन्न कारणले समाजमा हिंसा सहेर बस्ने गरेको बताउँदै इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेका पीडितलाई इन्सेकले संचालन गरेको मानव अधिकार सहायता कक्षबाट सहयोग गर्ने जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भइ न्यायिक पक्रियामा जान नसकेका पीडितका लागि नेपाल सरकारले जिल्ला तथा उच्च अदालतमा वैतनिक कानुन व्यवसायीमार्फत सेवा दिने प्रदेश संयोजक सुवेदीले प्रष्ट पार्नुभयो ।

लैङ्गिक हिंसा तथा जातीय विभेदका विषयमा जिल्ला वार एशोसियसन, सुर्खेतका सचिव अधिवक्ता खगेन्द्र खनालले लैङ्गिक हिंसा तथा जातीय विभेद भनेको के हो ?, कानुनमा के कस्तो व्यवस्था छ ? यस्ता घटना भएमा कहाँ उजुरी दिन सकिन्छ, हदम्याद कति हुन्छ लगायतका विषयमा सहजीकरण गर्नुभएको अधिकार –२ परियोजनाका संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रम सहभागी रिमा थापाले कानुनी सचेतना र शिक्षाकै अभावमा समाजमा विभिन्न विकृति विसंगति बढदै गएको भन्दै यस्ता सचेतनामुलक कार्यक्रमबाट विभेदहरुको अन्त्य गर्न सकिने सुझाव दिनुभयो । यसै गरी कमला शाहीले सामाजमा महिलामाथि हिंसा हुँदा न्यायको लागि यस सचेतनाले सहयोग गर्ने बताउनुभयो ।

Photo20230828 Surkhet (1)

Photo20230828 Surkhet (2)

Photo20230828 Surkhet (3)

अन्य

भिडियो