INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा तथा जातीय विभेद विरुद्वको कानुनी सचेतना

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वडा कार्यालयसँगको समन्वयमा वीरेन्द्रनगर नगरपािलका १ नम्बर वडामा भदौ ८ गते लैङ्गिक हिंसा तथा जातीय विभेद विरुद्ध कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

वीरेन्द्रनगर –१ नम्बर वडाका काबा वडा अध्यक्ष हरिप्रसाद पौडेलले विभिन्न दृष्टिकोणबाट १ नम्बर वडा अन्य वडाको तुलनामा पछाडि परेको बताउदै यस्ता कानुनी सचेतना कार्यक्रमले समुदायका व्यक्तिको क्षमता अभिवृद्धि हुने बताउनु भयो ।

विभिन्न कारणले समाजमा हिंसा सहेर बस्ने गरेको बताउँदै इन्सेकका प्रदेश संयोजक नारायण सुवेदी आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेका पीडितलाई इन्सेकले संचालन गरेको मानव अधिकार सहायता कक्षबाट सहयोग गर्ने जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भई न्यायिक पक्रियामा जान नसकेका पीडितका लागि नेपाल सरकारले जिल्ला तथा उच्च अदालतमा वैतनिक कानुन व्यवसायीमार्फत सेवा दिने प्रदेश संयोजक सुवेदीले प्रष्ट पार्नुभयो ।

लैङ्गिक हिंसा तथा जातीय विभेदका विषयमा जिल्ला वार एशोसियसन, सुर्खेतका सचिव अधिवक्ता खगेन्द्र खनालले लैङ्गिक हिंसा तथा जातीय विभेद भनेको के हो ?, कानूनमा के कस्तो व्यवस्था छ ? यस्ता घटना भएमा कहाँ उजुरी दिन सकिन्छ, हदम्याद कति हुन्छ लगायतका विषयमा सहजीकरण गर्नु भएको अधिकार –२ परियोजनाका संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागि कल्पना विसीले समाजमा विभिन्न विकृति विसंगति बढदै गएकोमा चिन्ता व्यक्तगर्दै यस्ता खालका सचेतना मुलक कार्यक्रम नियमित रुपमा संचालन गर्नुपर्ने सुझाव दिनुभयो ।

Photo20230825 Surkhet (4)

Photo20230825 Surkhet (3)

Photo20230825 Surkhet (2)

Photo20230825 Surkhet (1)

अन्य

भिडियो