INSEC Online

📅 २०८३ जेष्ठ २१

लेकवेशी नगरपालिकामा एम्बुलेन्सको व्यवस्था गर्ने नगरप्रमुखद्धारा प्रतिबद्धता

लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले लेकवेशी नपाका जनताको स्वास्थ्य सेवामा सहजताका लागि नगरपालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतद्धारा फागुन २२ गते लेकवेशी नपामा आयोजित “स्वास्थ्यको अधिकार र सरोकारवाला निकायको भूमिका विषयक अन्तरक्रिया” कार्यक्रममा बोल्दै प्रमुख सुनारले यस्तो प्रतिबद्धता जनाउनु भएको होे । नगर प्रमुख सुनारले जनताकोे स्वास्थ्यको अधिकारप्रति नगरपालिका संवेदनशील भएको चर्चा गर्दै सर्पदंश, रेविज तथा अन्य रोगका औषधिहरू उपलब्ध गराउन प्रतिबद्ध भई लाग्ने उल्लेख गर्नुभयो ।

हाल विश्वभर फैलिएको कोरोना भाईरसबाट बच्नका लागि नगरवासीलाई आवश्यक सूचना प्रवाह गर्ने उल्लेख गर्दै सेनेटरी प्याड आवश्यकतानुसार उपलब्ध गराउने, सुत्केरी बेड बढाउने र नगरपालिकाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव हुन नदिने लेकवेसीका मेयर सुनारले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लेकवेशी नपास्थित मानव अधिकार समूहका अध्यक्ष निरु थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख रमेश गिरी, स्थानीय साझा मञ्चका अध्यक्ष पृथ्वीबहादुर विसी, स्वयमसेविकाद्धय बिन्दु रुचाल, रुपकली नेपाली, समाजसेवी खडकबहादुर घर्ती र नागरिक समाजका गोविन्द ओली लगायतले बोलेका थिए । कार्यक्रममा मानव अधिकार समूहका सदस्य, नागरिक संस्थाका प्रतिनिधि, स्वयमसेविका र जनप्रतिनिधीहरूको उपस्थिति रहेको थियो ।

20200305 Surkhet Resize 1 Resize 2 Resize 3

अन्य

भिडियो