इन्सेकद्वारा गठित विद्याज्योति सहनशील बाल अधिकार समूहको आयोजना, पञ्चपुरी मानव अधिकार समूह, विद्याज्योती माध्यामिक विद्यालय पञ्चपुरी नगरपालिका–५ बाबियाचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा ०८१ माघ १६ गते पञ्चपुरी नगरपालिका–५, बाबियाचौरमा लागुपदार्थ दुर्व्यसनी विरुद्ध र वातावरण अधिकार सम्बन्धी सडक नाट प्रदर्शन गरिएको हो ।

पछिल्लो समयमा वातावरण प्रदुषणले समाजमा विभिन्न किसिमका विपद् र विभिन्न किसिमका रोगहरूले मानव स्वास्थ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको र लागु पदार्थ दुर्व्यसनीमा बालबालिका फसिरहेको लागुपदार्थ दुर्व्यसनी रोकथामका लागि सडक नाटक प्रर्दशन गरिएको हो । सडक नाटकमा वर्तमान समयमा लागुपदार्थ दुर्व्यसनीले बालबालिकामा कस्तो असर परिरहेको छ ।
बालबालिका यसमा फस्नुको प्रमुखपक्ष परिवार भएको र यसमा परिवार प्रमुख जिम्मेवार भएको कुरालाई समेटिएको थियो । वातावरण प्रदुषणका कारणले मानव स्वास्थ्यमा पारेका असर र वातावरण प्रदुषणलाई रोक्नलाई के कसरी काम गर्नुपर्छ भन्ने कुरालाई समेटिएको थियो । प्रस्तुत गरिएको सटक नाटकमा यामुना ओड, झरना तिरुवा, विष्णा बिक, मातृका तिमिल्सिना, लोकेन्द्र बिक, नवराज महतरा, ऐश्वरा बिक र शिशिर बिक अभिनय गर्नुभएको थियो भने सडक नाटकको सहजिकरण विद्याज्योति माध्यामिक विद्यालयका शिक्षक लोकेशसिंह ठकुरीले गर्नुभएको थियो ।
सडक नाटक प्रदर्शन कार्यक्रममा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेश रावल प्रधानाध्यापक द्रोर्ण पाठक, पञ्चपुरी नगरपालिका–२ का वडा अध्यक्ष यामबहादुर विसी, समाजसेवी र विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो । दुई सय भन्दाबढी बालबालिका, स्थानीयवासी, अभिभावक, प्रतिनिधिहरु र शिक्षकहरुको उपस्थिति रहेको थियो ।

