INSEC Online

📅 २०८३ जेष्ठ २२

राजनीतिक दलका प्रतिनिधिहरूद्वारा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवाललाई पार्टीको घोषण पत्रमा उल्लेख गर्ने प्रतिबद्धता

शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा पहिचान भएका समस्यालाई स्थानीय तह निर्वाचनको घोषण पत्रमा समेटन माग गर्दै  मानव अधिकार समूह र इन्सेक प्रतिनिधिसहितको टोलीले विभिन्न राजनीतिक दलहरू प्रतिनिधिहरूलाई चैत २४ गते ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा निर्वाचनमा भाग लिने बिभिन्न राजनीतिक दलहरूले आ–आफ्नो घोषणा पत्र मार्फत जनतासामू जाने तयारी गरिरहेका बेला मानव अधिकार समूहका तर्फबाट विभिन्न सवालहरू उठान गरी उल्लेखित  आम नागरिकहरूको अधिकार सुनिश्चित गर्नका लागि राजनीतिक दलहरूलाई प्रतिवद्धता जाहेर गर्न ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउन चाहान्छौ भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बैकल्पिक केन्द्रिय सदस्य रुद्रप्रसाद बञ्जाडेले ज्ञापन पत्रमा उल्लेख गरिएका शिक्षा , स्वास्थ्य , खाद्य र आवासका बिषयमा उल्लेख गरिएका बिषयहरूलाई पार्टीले गम्भीररुपमा उठान गर्दै समस्या समाधान तर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) बुद्धभूमि नगर कमिटीका अध्यक्ष देवीप्रसाद  बेल्वासेले ज्ञापन पत्रमा उल्लेख गरिएका विषयलाई पार्टीको घोषणा पत्रमा समावेश गर्ने र आम नागरिकहरूको अधिकार सुनिश्चित गर्न सदैव तत्पर रहेको प्रतिबद्धता जनाउनु भयो ।

यसैगरी, नेपाली कांग्रेस बुद्धभूमि नगर समितीका सभापती माधवप्रसाद दमासेले उल्लेख गरिएका विषयलाई  पार्टीको घोषणा पत्रमा समावेश गर्ने  प्रतिबद्दता जनाउदै संविधानमा उल्लेख गरिएका शिक्षा ,स्वाथ्य , खाद्य र आवासको अधिकार जनताले पाउनु पर्छ र अधिकारका कुराहरूलाई जनता समक्ष पुर्याउने नेपाली काग्रेसको धारण रहेको बताउनु भयो ।

photo2022040801kapilvastu

photo2022040803kapilvastu

अन्य

भिडियो