INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१२ वर्षीया बालिकालाई कानुनी प्रकियामा जानका लागि अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था अत्यान्त्यै न्यून रहेको परिवार र ज्याला मजदुरी गरेर जीवन बिताइरहेकोले न्यायिक प्रक्रियामा जान समस्या भएको थियो । पीडित परिवारको आर्थिक अवस्था कमजोर भएर इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेले कानुनी प्रकियामा जानका लागि आर्थिक सहयोग गरिदिन इन्सेकमा सिफारिस गरेको थियो ।

प्रहरीले गरेको सिफारिसको आधारमा इन्सेक जिल्ला प्रतिनिधि, इलाका प्रहरी कार्यालय, गोरुसिहेका प्रहरी असई प्रकाश कुँवर र गैडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जुद्ध बहादुर सुनारको रोहवरमा पीडित बालिकाको घरमै पुगेर १० हजार रुपियाँ उपलब्ध गराउनुभएको थियो । पीडितको न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले इन्सेकले लामो समयदेखि लैङ्गिक हिंसा र यौनजन्य हिंसाबाट पीडित महिला तथा बालिकाहरूलाई आर्थिक सहयोग तथा सहजीकरण गर्दै आइरहेको छ ।

पीडित बालिकालाई असोज १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुद्धभुमी नगरपालिका–१, वीरपुरका ३३ वर्षीय भिम बहादुर मगर विरुद्ध इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा असोज २० गते उजुरी दर्ता भएको थियो । आरोपितलाई प्रहरीलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, गोरुसिंङ्गेका इन्स्पेक्टर विर बहादुर सुनारले बताउनु भयो ।

अन्य

भिडियो