INSEC Online

📅 २०८३ असार १३

मिथिलाका बालअधिकार सचेतना समुहलाई दुई दिने क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मिथिला नपा–२ नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा ०७९ पुस १६ गते बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि मानव अधिकारसम्बन्धी दुई दिने तालिम सम्पन्न गरिएको छ ।
मिथिला नगरपालिकामा इन्सेकद्धारा सञ्चालित मानवअधिकार शिक्षा कार्यक्रम तथा तालिममा जनता माध्यमिक विद्यालय नक्टाझिज र महेन्द्र माध्यमिक विद्यालय ढल्केवरका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागि सचेतना समुहका विद्यार्थीहरुलाई मानव अधिकार, बाल अधिकार र बालबालिकाको कर्तव्य, सूचनाको हक, नेपालको संविधानमा उल्लेख गरिएका मौलिक हक, बाल भित्तेपत्रिका र मिडिया, स्वास्थ्यलगायतको बारेमा प्रशिक्षण दिइएको इन्सेक मधेश प्रदेशका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले बताउनुभयो ।
बाल अधिकार सचेतना समुहका विद्यार्थीहरुलाई मानव अधिकारलगायतको सवालमा वकालत गर्न र वकालत गर्दा अपनाउनुपर्ने संयमता र आचारसंहिता लगायतको सवालमा प्रशिक्षण दिएको इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले बताउनुभयो ।

अन्य

भिडियो