INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

कर्णाली प्रदेश स्तरीय मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न गरिएको छ ।

०८२ वैशाख १९ गते इन्सेक कर्णाली प्रदेश कार्याल्यका संयोजक नारायण सुवेदीको अध्यक्षमा बसेको बैठकले वैशख १६ गते बसेको सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने, दैलेख नारायण नगरपालिका–१ घर भइ अपाङ्गता शिक्षकको रूपमा कार्यरत कुमार गौतमले नगरपालिकाको अस्थायी शिक्षकको सेवा सुविधाबाट वञ्चित भएको विषयमा न्यायिक प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरिपाउँ भन्ने निवेदन दिएकोले १० हजार रुपियाँ कानुनी सहायता जनाका लागि सहयोग गर्ने र वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका र भेरीगङ्गा नगरपालिकामा मानव अधिकार सहायता कक्षबाट लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन भए नभएको सम्बन्धमा अनुगमन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सहायता कक्षलाई आगामी दिनमा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको छ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापा, उच्च बार सुर्खेतका अध्यक्ष दुर्गा सापकोटा, दलित महिला संघ सुर्खेतकी सचिव खगीसरा वली, नेपाल पत्तकार महासङ्घ कर्णाली प्रदशेका सचिव अशोक राजी, आवाज संस्थाकी निसा पौडेल, ओसीएमसीका फोकल पर्सन कल्पना थापा, अधिवक्ता गिता कोइराला लगायतको उपस्थिति रहेको थियो ।

Photo05052025Surkhet

अन्य

भिडियो