INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सशक्तिकरण तालिम सुरू

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा ‘दलित, महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि दुइदिने मानव अधिकार सशक्तिकरण तालिम’ कात्तिक २५ गते वीरेन्द्रनगरमा सुरु भएको छ ।

सशक्तिकरण तालिमको उद्घाटन गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले दलित, महिला, यौनिक अल्पसंख्यक, सिमान्तकृत समुदाय, लोपोन्मुख जाति र धार्मिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चितताका लागि सचेतिकरण गर्न तालिमको आयोजना गरिएको बताउनुभयो ।

Skt 20201110_092403

तालिममा मानव अधिकार पैरवीका लागि सहकार्यात्मक नेतृत्वको विषयमा बालिका चौधरी, दलित तथा सिमान्तकृत समुदायको अधिकारमा सञ्जुसिं बिक, धार्मिक अल्पसंख्यक तथा लोपोन्मुख समुदायको अधिकारमा मधुरानीढकाल र यौनिकतथा लैङ्गिक अल्पसंख्यकहरूको अधिकारको बारेमा परिना चौधरीले सहजीकरण गर्ने इन्सेक कर्णाली प्रदेशका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले जानकारी दिनुभयो ।

दलित, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, धार्मिक अल्पसंख्यक, लोपोन्मुख जाती, सिमान्कृत समुदायको मानव अधिकार सुनिश्चितताका लागि पैरवी गर्न टेवा पुर्‍याउने उद्देश्यले आयोजित तालिममा दलित, महिला, लैङ्गिक तथा धार्मिक अल्पसंख्यक, लोपोन्मुख जाति, सिमान्तकृत समुदाय र सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।

Surkhet_20201110_100630

अन्य

भिडियो