INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्धारा मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, बालअधिकार र वातावरणीय अधिकारका सवालमा परियोजना सञ्चालनका लागि बर्जु गाउँपालिकामा मङ्सिर २१ गते मानव अधिकार समूह गठन गरिएको छ ।

इन्सेक प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा मानव अधिकार सामाजिक न्यायका निम्ति परियोजना परिचय तथा मानवअधिकार समूह गठन कार्यक्रममा जितनारायण चौधरीको अध्यक्षतामा  समूह गठन गरिएको छ ।

समूह गठन कार्यक्रमको उद्घाटन कार्यक्रममा इन्सेकका प्रदेश १, का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री समाज निर्माणका लागि इन्सेकले परियोजना सञ्चालन गरेको बताउनु भयो । आगामी तीन वर्षसम्म सञ्चालन हुने परियोजनाले गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य र वातावरणीय सवालमा विषयवस्तु उठान गर्ने र तिनको सम्बोधन स्थानीय सरकारले गर्नु पर्ने बताउनु भयो ।

बर्जु गाउँपालिकाका उपाध्यक्ष नितुकुमारी चौधरीले इन्सेकले परियोजना सञ्चालनका लागि बर्जु गाउँपालिका छनौट गरेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले गाउँपालिकामा मानव अधिकार सचेतना आवश्यक भएकाले इन्सेकको परियोजना प्रभावकारी हुने बताउनु भयो ।

समूह गठन कार्यक्रममा बर्जु गाउँपालिका –१ का वडाध्यक्ष दिलकुमार गुरुङ्ग, बर्जु–२ का वडाध्यक्ष महेन्द्रप्रसाद कामत, बर्जु–३ का वडाध्यक्ष बिनोदकुमार गुरुङ्ग, बर्जु –५ का वडाध्यक्ष अजयकुमार चौधरी, स्वास्थ्य शाखा प्रमुख रामबाबु श्रेष्ठ , सहकारी शाखा प्रमुख अशोक यादव, न्यायिक शाखा प्रमुख अर्जुन नेपाल लगायत स्थानीय सरोकारवालाहरूको सहभागिता थियो ।

मानव अधिकारका सवाललाई उठानका लागि २४ सदस्यीय मानव अधिकार समूह गठन गरिएको सरोज चौधरीले जानकारी दिनुभयो ।

नव गठित मानव अधिकार समूहको उपाध्यक्षमा मधु चौधरी, सचिबमा  मनोजकुमार मेहता, सह सचिबमा गीताकुमारी चौधरी र कोषाध्यक्षमा लगनलाल चौधरी रहनु भएको छ ।

photo 20221207 sunsari

अन्य

भिडियो