मानव अधिकार समूहले आर्थिक, समाजिक र सांस्कृति तथा आवासका समस्या पहिचान गरे स्थानीय तहलाई उक्त समस्या समाधान गर्न सहज हुने बाँसगढी नगरपालिकाकी उपप्रमुख सुष्मा चौधरीले बताएकी छन् ।
इन्सेकद्वारा सञ्चालित परियोजना परिचयात्मक कार्यक्रममा कात्तिक २१ गते उनले उक्त कुरा बताएकी हुन् ।
उपप्रमुख चौधरीले इन्सेकले सुरू गरेको कार्यक्रमले स्थानीय तहलाई मद्दत पुग्ने बताइन् । इन्सेक कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले समुदायलाई सचेत पार्दै, जिम्मेवार निकायले जबाफदेही बनेर काम गरे नागरिक अधिकारको रक्षा हुने बताइन् ।
बाँसगढी नगरपालिकामा जनक परियारको संयोजकत्वमा १३ सदस्यीय मानव अधिकार समूह गठन भएको छ ।
सदस्यहरूमा दिपक परियार, रामकुमारी परियार, प्रेमसरा परियार, घनी खत्री, शसी रोक्का, कमलानाथ थारू, सुमित्रा चोधरी, गङ्गा थारू, सागर पौडेल, शसिला खान, ओमप्रकाश पौडेल र सीता बुढा क्षेत्री रहेका छन् ।



