शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्यालाई समाधान गर्ने मागराखि बैलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहले कात्तिक २३ गते बैलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीलार्ई ध्यानाकर्षण—पत्र बुझाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन तथा पाँचौ राष्ट्रिय कार्ययोजना अनुरुप जनताका आधारभूत आवश्यकता परिपुर्ति गर्ने दायित्व स्थानीय सरकारको पनि भएकोले पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्नु पर्ने मागराखि प्रमुख प्रशासकीय अधिकृत अवस्थीलाई ध्यानाकर्षण—पत्र बुझाइएको हो ।

ध्यानाकर्षण—पत्रमा अनिवार्य निःशुल्क, सुरक्षित र गुणस्तरीय प्राविधिक शिक्षा लागु गर्नु पर्ने, समयमा पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने, दिवाखाजा तथा विद्यालयको नियमित अनुगमन गर्नु पर्ने, नेपाल सरकारबाट उपलब्ध गराइने सबै प्रकारको औषधि निःशुल्क वितरण गर्नु पर्ने, सुत्केरी महिलालाई पोषण कार्यक्रममा सञ्चालन गर्नु पर्ने, स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने, वातावरण संरक्षणमा गाउँपालिकाले नीति बनाएर कार्यान्वयन गर्नु पर्ने, मनवबस्तीको विचमा सञ्चालन गरिएका इट्टा उद्योग र चिनीमिलबाट निस्कने हानीकारक रसायनिक फोहोरको उचित व्यवस्थापन गर्नु पर्ने, समाजमा व्याप्त छुवाछुत, जातीय विभेद, लैङ्गिक हिंसा जस्ता समस्यालाई नीति तथा कानुन बनाएर समाधान गर्नु पर्ने ध्यानकर्षण–पत्रमा उल्लेख गरिएको छ ।
बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले मानव अधिकार समूहले विगतका वर्षदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आइरहेकाले मानव अधिकार समूहलाई धन्यवाद दिदै जनताको समस्या सामाधान गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो ।
मानव अधिकार समुहका संयोजक गोविन्द सापकोटा र सहसंयोजक पदमबहादुर शाहलगायतको टोलीले प्रमुख प्रशासकीय अधिकृत अवस्थीलाई ध्यानाकर्षण—पत्र बुझाउनु भएको थियो ।
यसैगरी शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्यालाई समाधान गर्ने मागराखि लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समूहले कात्तिक २३ गते लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानालार्ई ध्यानाकर्षण—पत्र बुझाएको छ ।
