INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहले नगरप्रमुखलाई बुझायो सुझाव–पत्र !

घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहले आगामी आर्थिक वर्ष २०८१ / ०८२ मा बन्ने वार्षिक नीति तथा कार्यक्रममा मानव अधिकारका विषयहरुलाई समावेश गर्न माग राख्दै ०८१ जेठ ७ गते नगरप्रमुख खडकबहादुर रावतलाई सुझाव–पत्र बुझाएको छ ।

संविधानमा व्यवस्था भए बमोजिम विद्यालय शिक्षा १ कक्षादेखि १२ कक्षासम्म अनिवार्य तथा क्रमशः निःशुल्क बनाउँदै लगिनु पर्ने, विद्यार्थीसँग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्नु पर्ने, विद्यालय शिक्षालाई समयानुकूल तथा गुणस्तरीय बनाउनका लागि शिक्षण सिकाई क्रियाकलापमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा विशेष जोड दिनु पर्ने, लागु पदार्थ दुव्र्यसनीको रोकथाम गर्ने नीति लिनु पर्ने र स्वास्थ्य संस्थाहरूको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य संस्थाहरूप्रति सेवाग्राहीहरूको वितृष्णा बढ्दै गएकोले त्यसमा सुधार गर्नु पर्ने मानव अधिकार समूहले सुझावपत्रमा उल्लेख गरेका छ ।

मानव अधिकार समूहले आगामि वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नु पर्ने मानव अधिकारका सवालहरुलाई सुझावका रुपमा प्रदान गरेकोमा घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले धन्यावाद दिदै प्राप्त सुझाव अनुसार आगामि वर्षको नीति तथा कार्यक्रम बनाउने प्रतिवद्धता जाहेर गर्नु भयो ।

मानव अधिकर समुहले छलफल गरेर शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसा तथा जातीय छुवाछुतका सवालहरुलाई नगरपालिकाको आगामि नीति तथा कार्यक्रममा समावेश हुने गरी राय सुझाव पेस गरेको मानव अधिकार समूहका अध्यक्ष आशा परियारले बताउनु भयो ।

photo20240521kailali

अन्य

भिडियो