अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वरा बटेश्वार गाउँपालिकामा गठित मानव अधिकार समूहले “सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षाको सुनिश्चितता”, “गुणस्तरीय सिपमुलक र व्यहारिक शिक्षा हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराका साथ वैशाख १४ गते विद्यालय भर्ना अभियान कार्यक्रम बटेश्वार गाउँपालिकामा सम्पन्न गरेको छ ।
बटेश्वार गाउँपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा वैशाख १४ गते बिहान ७ः०० बजेदेखि श्री बौद्ध मन्दिर राष्ट्रिय प्राथमिक विद्यालयले साविक बटेश्वार गाउँपालिका–३ बाट सुरु गरेको अभियान तथा प्रभातफेरि बटेश्वार गाउँपालिकाका मानव अधिकार समूहका सदस्यहरूको सहभागितामा बटेश्वार गाउँपालिका वडा नं. ८ र ९ हुदै विद्यालयको प्राङ्गनमा सम्पन्न भएको थियो ।
उत्त अभियानमा फिडा र आफन्त नेपाल समेतको सहयोग थियोे । यस कार्यक्रमको सहजिकरण शिक्षक बिष्णुकुमार यादवले गर्नु भयो । अभियानलाई सम्बोधन गर्दै शिक्षक बिष्णुले आजको बालबालिकालाई गुणस्तरीय शिक्षा दिन सकियो भने भोलिको दिनमा यी बालबालिकाहरू असल, शिक्षित देशको गौरव बन्न सक्छन् बताउनु भयो ।
त्यस्तै, शिक्षक हरिनारायण दासले बटेश्वार गाउँपालिकाका सबै सामुदायिक विद्यालय भर्ना अभियानमा गरीब, विपन्न, दलित, सिमान्तकृत, पिछडा वर्ग र वञ्चितिकरणमा परेका समुदायका बालबालिकाहरूलाई सहभागी गराएको बताउनु भयो।
यस अभियानमा मधेस प्रदेश मानव अधिकार समूहका उपध्यक्ष हरिनारायण दास, सदस्य रामहृदय महासेठ, किशोरी पंडित, इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियारलगायतको सहभागी थियो ।


